राष्ट्रपति पुरस्कारबाट भाेजपुरमा काे–काे कृषक पुरस्कृत भए ?



भाेजपुर, मंसिर १९

राष्ट्रपति पुरस्कारबाट भोजपुरका ३ जना कृषक पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यलय भोजपुरले जिल्लाका ३ जना कृषकलाई नगद र कदरपत्रले पुरस्कृत गरेकोे हो ।

पुरस्कृत हुनेमा सुन्तला खेतीतर्फ अन्नपुर्ण–८ का विष्णु अधिकारी, खावा–२ का चण्डल कुमार राई र अलैंची खेती तर्फ छिनामखु –२ का प्रमोद राईलाई साेमबार एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको जिल्ला कृषि विकास कार्यलय भोजपुले जनाएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले कृषि निवार्हमुखी भन्दा पनि व्यवसायीक हुनुपर्ने बताउनुभयो ।

साथै ५० प्रतिशत अनुदानमा कार्यालयले जिल्लाका १० जना कृषकलाई मिनी टिलर समेत हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News