एन्फा अध्यक्ष र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता


 


काठमाडौं, भदौ २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

संस्थापन इतरका बहुमत सदस्यहरुले एन्फा पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाको नेतृत्वमा ४८ सदस्यको हस्ताक्षरसहित सोमबार अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

उक्त समूहले सोमबार बिहानै इमेलमार्फ अविश्वासको प्रस्ताव दार्ता गराएको र भौतिक रुपमा पनि एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई अविश्वासको प्रस्ताव बुझाएको तुलाधरले जानकारी दिए ।

अविश्वासको प्रस्ताव दर्ता हुनेबित्तिकै अध्यक्ष निलम्बनमा पर्ने भएकाले वरिष्ठ उपाध्यक्षलाई पत्र बुझाएको उनले बताए ।

प्रस्ताव दर्ता गर्नका लागि ४० प्रतिशत सदस्यको हस्ताक्षर भए पुग्ने र त्यसलाई पारित गर्न दुई तिहाई बहुमत चाहिने तुलाधरले बताए ।

एन्फाले विशेष साधारण सभा अनलाइनमार्फत गर्ने निर्णय गरेपछि डिभिजन क्लबहरुले भौतिक उपस्थितिमै साधारण सभा गर्नुपर्ने माग गरेका थिए ।

तर एन्फाले आइतबार अनलाइनमार्फत साधारण सभा गर्न खोजे पनि बहुमत सदस्य उपस्थित नभएपछि सोमबारसम्मका लागि स्थगित भएको थियो ।

सोमबार पनि संस्थापनइतरका बहुमत सदस्यले अध्यक्ष र महासचिवलाई नै अविश्वासको प्रस्ताव राखेपछि साधारण सभा सुरु हुन सकेन ।

प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्