तमोर नदीमा ¥याफ्टिङ सुरु


 


tamor-river-rafting49धनकुटा, मंसिर २१

हिउँदको याम सुरु भएसँगै यस वर्ष तमोर नदीमा ¥याफ्टिङ सुरु भएको छ ।

सेतु एड्भेन्चर प्रालिले आयोजना गरेको जलयात्रा सहभागि १६ जनाले शनिबार मूलघाटस्थित् तमोर नदीको पुलदेखि सुनसरीको चतराघाटसम्मको ३४ किलोमिटर यात्रा ६ घन्टामा पूरा गरेका छन् ।

प्रति व्यक्ति रु तीन हजारमा एक दिनको जलयात्रा गर्न सकिने सञ्चालक जीवन सिलवाल बताउनुहुन्छ ।

यस वर्ष रु २० लाख लगानी गरी सुरु भएको तमोर नदीमा हुने जलयात्रा मुलुकभरका अन्य नदीमा भन्दा छोटो र रमाइलो हुने सिलवालको भनाइ छ ।

जलयात्रामा एक पटकमा प्रति डुङ्गा सात जनासम्म यात्रा गर्न सकिन्छ । जोखिम र मनोरञ्जन उत्तिकै भएको तमोर नदीमा करिब एक सयभन्दा बढी छहरा रहेको बताइन्छ ।

‘तमोर रिभर एन्ड एडभान्चर’ले नौ वर्षदेखि तमोरमा जलयात्रा गराउँदै आएको सञ्चालक मदन ढकालले बताए ।

उत्तल अवधिमा जलयात्राबाट विदेशी र स्वदेशी गरी करिब ८०० जनाले मनोरञ्जन लिएका थिए । बर्सेनि मङ्सिरदेखि सुरु भएर वैशाख महिनासम्म सञ्चालन हुने जलयात्रा जिल्लाको मूलघाटदेखि सुरु हुने गरेको छ ।

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्