षडानन्द राष्ट्रिय पुरस्कार स्वर्गद्वारी आश्रमलार्इ


 


सुदीप अधिकारी

काठमाडौ, मंसिर २१
यस बर्षको षडानन्द राष्ट्रिय पुरस्कार स्वर्गद्वारी आश्रम प्युठानलाई प्रदान गरिएको छ । ५० हजार राशिको यो पुरस्कार आबाल ब्रह्मचारी षडानन्दको १८२ औं जन्मजयन्तीको अवसरमा काठमाडौँमा आयोजित एक समारोहमा प्रदान गरिएको हो।

बि सं १९५२ मा हंसानन्द गिरीद्वारा स्थापित श्रीस्वर्गद्वारी आश्रमले स्थापनाकालदेखी गुरुकुल पाठशाला, गौशाला, शिवालय, धर्मशाला, यज्ञशाला आदिको सु-संचालन गरी बैदिक सनातन संस्कृतिको संरक्षण र संबर्धन गरी बिशिष्ठ योगदान पुर्याएबापत यो पुरस्कार प्रदान गरिएको हो। यस्तै गरी भोजपुर, दिंलाका डन्डपाणि तथा युवा कुमारी चापागाईंका स्मृतिमा वहाँँहरुका सन्तानले स्थापना गरेको डण्डपाणि युवा कुमारी स्मृति षडानन्द पुरस्कारले यस बर्ष श्री मान बज्राचार्य पुरस्क्रित भएका छन्।

पूर्वान्चलको बराहक्षेत्रमा बसेर धर्म, संस्कृति, सदाचार, समाज सेवा, साहित्य र शिक्षाका क्षेत्रमा बिशेष योगदान पुर्याएबापत उनलाई पुरस्क्रित गरिएको समारोहमा घोषणा गरिएको थियो।

षडानन्द उत्कृष्ट बिद्यालय पुरस्कार

२०७२ सालको एस. एल. सी. परिक्षाको परिणामका आधारमा यस बर्ष शारदा उच्च माध्यमिक बिद्यालय, देउराली, झ्याउँपोखरी, भोजपुरलाई षडानन्द उत्कृष्ट बिद्यालय पुरस्कार प्रदान गरिएको छ।

२०७० सालको एस. एल. सी. को परिक्षाफलका आधारमा २०७१ सालदेखि प्रदान गर्न प्रारम्भ गरिएको यो पुरस्कार भोजपुर जिल्लाका सामुदायिक बिद्यालयमध्येबाट नेपाल सरकार, शिक्षा मन्त्रालयले एस. एल. सी. परिक्षाका आधारमा राष्ट्रिय एवं क्षेत्रिय पुरस्कार छनोट गर्न निर्धारण गरेको ५० अंकलाई छनोटको आधार मानेर अधिकतम अंक ल्याउने बिद्यालयलाई प्रदान गर्ने प्राबधान छ।

१५ हजार राशिको यो पुरस्कार चौकीडाँडा, भोजपुरका स्व. मदन बहादुर अधिकारीको स्मृतिमा उनकी श्रीमती उमादेवी अधिकारी र उनकाे परिवारले स्थापना गरेका हुन्।

प्रमुख अतिथि प्राज्ञ तथा इतिहासकार ज्ञानमणि नेपालले देशमा धेरै बिभूती रहेका तर ती बिभूतिको अहिलेका शाशकहरुले सम्मान गर्न नजानेको बताए। शासन ब्यक्तिगत र पार्टीगत भएकोले आजकाल विद्वानको पनि निस्पक्ष मूल्यांकन हुन छाडेको उनकाे गुनासो थियो।

यही कारणले राज्यद्वारा शिक्षासेवी आवाल ब्रह्मचारी षडानन्द अधिकारीको महत्व र योगदानको कदर नभएको उनको कथन थियो। बिशेष अतिथी डा. जगमान गुरुङले नेपाली संस्क्रिती जोगाउन अब हरे राम हरे कृष्ण जपेर मात्र नहुने बताए।

नेपाली भाषा, कला र संस्क्रितीमा निरन्तर प्रहार हुन थालेकोले त्यसलाई जोगाउन अब शाश्त्र मात्र हैन शस्त्र बल दुबै चाहिने कुरामा उनको सुझाब थियो। षडानन्द प्रतिष्ठानका अध्यक्ष बिष्णुराज कुसमको अध्यक्षतामा पुरस्कार बितरण समारोह सम्पन्न भएको थियो।

पुरस्कार प्रत्येक बर्ष षडानन्दको जन्मतिथी विवाह पञ्चमीको दिन बितरण गर्ने गरिएको छ।

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्