भाेजपुर पुसमा पूर्ण खाेपयुक्त जिल्ला घाेषणा हुँदै



भाेजपुर, मंसिर २१

जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पौष २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी सिता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाको लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा ७ सदस्यीय उपसमिती समेत गठन गरेकाे छ । उपसमितिको सदस्यमा उद्योग वाणिज्य संघका अध्यक्ष डम्बर श्रेष्ठ, गैह्र–सरकारी संस्था महासंघका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासंघबाट सरिता राई, सुआहाराका जिल्ला संयोजक गोविन्द सेढाई, जिल्ला जनस्वास्थ्य कार्यलयका प्रतिनिधी र नगरपालिकाका प्रतिनिधि रहेका छन् ।

बैठकले स्वास्थ्य मन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथीको रुपमा आमन्त्रण गर्ने समेत निर्णय गरेको छ । खोप एेन २०७२ को अवधारणा लगायतको विषयमा स्वास्थ्य कार्यलयका निमित्त कार्यालय प्रमुख राजु श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News