सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिन सुरू, परिवार दलले समर्थन फिर्ता लियाे


 


काठमाडाैं, मंसिर २१

eknathपुष्पकमल दाहाल नेतृत्वमा बनेकाे वर्तमान सरकार संकटमा पर्न थालेकाे अनेकन हल्लाकाबिच अाज एकनाथ ढकालकाे परिवार दलले सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिएकाे छ । मंगलबार पुरानाे बानेश्वरस्थित परिवार दलकाे कार्यालयमा केन्द्रिय कार्यसमितिकाे बैठकले समर्थन फिर्ता लिने निर्णय गरेकाे हाे ।

केही दिन अघि सरकारले संसदमा पेश गरेकाे संविधान संशाेधन विधयेक सँगै सरकार संकटमा परेकाे अनुमानहरू हुन थालेका थिए । जसकाे पुष्टि परिवार समर्थन फिर्ता लिएर गरिदिएकाे छ । परिवार दलसँग सांसद संख्या २ रहेकाे छ ।

बैठकले सरकारलार्इ दिउकाे समर्थन फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्री र सभामुखलार्इ भने जानकारी गराएकाे छैन् । यस सम्बन्धि भाेलि अर्थात बुधबार सभामुख र प्रधानमन्त्रीलार्इ जानकारी गराउले उक्त दलले जनाएकाे छ ।

संशाेधन प्रस्ताव विवादस्पद, राष्ट्रहित रहेकाे भन्दै परिवार दलले याे अवस्थामा सरकार निर्माणका बेला दिएकाे समर्थन फिर्ता लिदै संशाेधन प्रस्ताव फिर्ता लिन समेत सरकारलार्इ अाग्रह गरेकाे छ ।

 

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्