यी हुन् लाभांश घोषणा गर्ने वाणिज्य बैंक, कसले कति दिदैछन् लाभांश ?


 


काठमाडौ, भदाै २९
नेपालका चारवटा वाणिज्य बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने बैंकहरुमा माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एशिया बैंक रहेका छन् ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकको भदौ १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको हो । यो बैंक सबैभन्दा पहिले लाभांस घोषणा र साधारण सभाको मिति तोक्ने बैंक समेत हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न असोज १८ गते वार्षिक साधारण सभा समेत बोलाएको छ ।

एभरेष्ट बैंक
बैंकको भदौ २७ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १०.५३ प्रतिशत नगद गरि कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सानिमा बैंक
बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ९ प्रतिशत बोनस र ५.७० प्रतिशत नगद लाभांश ९करसहित० गरी कुल १४.७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण हुनेछ।

एनआईसी एशिया बैंक
बैंकको भदौ २९ गते शुक्रबार बसेको बैंकको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैंकले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यस संगै एनआईसी आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गर्ने चौथो वाणिज्य बैंक बनेको छ ।

प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्