ओलीको चीन भ्रमण किन रद्द भयाे ?



kp-oliकाठमाडौँ, मंसिर २१

नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले चीनमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा आफू भाग लिन जाने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन् । मुलुकमा विकसित राजनीतिक परिस्थितिका कारण उनले चीन जाने कार्यक्रम रद्द गरेका हुन्।

चीनको हेवाइ प्रान्तमा यही बिहीबारदेखि हुने बजारसम्बन्धी मञ्चमा अध्यक्ष ओली जाने कार्यक्रम भए पनि व्यवस्थापिका–संसद्मा संविधान संशोधन विधेयक दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमका कारण अब सो मञ्चमा पार्टीका महासचिव ईश्वर पोखरेलले भाग लिने पोखरेलका निजी सचिव दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सम्मेलनमा नेपालका अन्य दलका प्रतिनिधि तथा अर्थविद्ले पनि भाग लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News