लाेकमानकाे प्रतिशाेध धेरै टिकेन, ३ पूर्वमन्त्रीले पाए क्लिन चिट


 


akhtiyar-nepalकाठमाडाैं, मंसिर २२

लाेकमानसिंह कार्कीकाे अालाेचना गरेकै भरमा अख्तियारकाे छानबिनमा तानिएका पूर्व मन्त्री एंव पूर्व प्रशासकले क्निन चिट पाएका छन् । अख्तियारकाे साेमबारकाे बैठकले पूर्व मन्त्री एंव प्रशासक शंकर प्रसाद काेइरला, विद्याधार मल्लिक, टेकबहादुर घर्ती मगर र एमालेका पूर्व सभासद विजय पाैडेललार्इ क्लिन चिट दिएकाे हाे ।

निलम्बित अख्तियारका पूर्व प्रमुख कार्कीले उनिहरूले कार्कीकाे अालाेचना गरेकाेे भन्दै प्रतिशाेधकाे भावनाले १३ पाने सम्पति विवरण भर्न लगार्इ छानबिन सुरू गरेका थिए । अख्तियार स्राेतका अनुसार छानबिनका क्रममा गैरकानुनी सम्पति अार्जन नभेटिएकाले उनिहरूकाे फाइल तामेलीमा राखिएकाे हाे ।

कार्कीले अाफ्नाे अालाेचना गर्नेलार्इ १३ पाने सम्पति विवरण भर्न लगाउँदै छानबिनमा तान्ने गरेका कैयन उदाहरण मध्ये माथिका तीन पूर्व मन्त्रीहरू पनि सिकार बनेका थिए । कार्कीकाे प्रतिशाेधपूर्ण व्यवहार र सनककै भरमा तानिएकाहरू छानबिनका क्रममा प्रमाण नभेटिएपछि क्लनि चिट पाउँदै अाएका छन् ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्