Deshko News
१३ आश्विन २०८०, शनिबार

व्यवस्थापिका संसदको बैठक बस्दै



sansad-bhawan-of-nepalकाठमाण्डौ, मंसिर २२

प्रतिपक्षी दल एमाले लगायतका दलको अवरोधका कारण पटक पटक अवरुद्ध हुदै आएको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।

बैठक नयााबानेश्वस्थित संसद भवनमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नदिने रणनिति बनाएको एमालेले आजको बैठक पनि अवरोध गर्ने तयारी गरेको छ ।

गत मंसिर १४ गते सरकारले ल्याएको संशोधन विधेयक राष्ट्रहित विपरित रहेको भन्दै एमालेले यसअघिका बैठकहरु पनि अवरोध गर्दै आएको थियो ।

माग सम्बोधन नभएसम्म संसद बैठक चल्न नदिने एमाले प्रमुख सचेतक भानुभक्त ढाकालले बताउनु भयो ।

यसअघि संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा अवरुद्ध सदन खुलाउने विषयमा छलफल हुने जनाएको छ ।

संशोधन प्रस्ताव दर्ता भएसँगै संसदका कामकारबाही प्रभावित भएको भन्दै सभामुख ओनसरी घर्तीको पहलमा कार्यव्यवस्था समितिको बैठक बस्न लागेको हो ।

लगातार सदन अवरुद्ध हुँदा निलम्वित अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महअभियोग प्रस्ताव अलपत्र परेपछि निकासका लागि सभामुख घर्तीले बैठक आह्वान गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News