ओलीलाई लाग्यो यस्तो आरोप !


 


kpचितवन, मंसिर २२

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन हुन दिन्नौं भन्नु राजनैतिक वेइमानी भएको वताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनका निधिले ओलीको राजनीतिक अपरिपक्कताका कारण समस्या देखिएको वताए ।

केपी ओली आफैले हस्ताक्षर गरेर सुरु भएको संविधान संशोधनको प्रस्ताव अहिले आएर राष्ट्रघाती भयो भन्नु राजनैतिक वेइमानी भएको निधिको भनाइ थियो ।

उपप्रधानमन्त्री निधिले केपी ओलीले हस्ताक्षर गर्दा राष्ट्रघात नहुने तर अहिले राष्ट्रघात भयो भन्नु गलत भएको बताए । संविधान संशोधनको प्रस्ताव नेपाली कांगेसको आधिकारिक प्रस्ताव भएको र वहुमतले पारित हुने निधिको दाबी छ ।

प्रस्ताव टेवल भइसेकपछि ७२ घण्टाको समय परिमार्जन हाल्नका लागि दिइने भएकोले परिमार्जन चाहनेहरुले संसदमार्फत नै परिमार्जन गर्नसक्ने व्यवस्था रहेको निधिले बताए ।

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्