Deshko News
६ आश्विन २०८०, शनिबार

साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा



काठमाडौं, असोज २ । काठमाडौंमा यही असोज ४ देखि हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले असोज ४ देखि १३ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।

प्रतियोगिताको लागि साधारण प्यारापिटतर्फको टिकट मूल्य सय रुपैयाँ र भिआइपितर्फको टिकट मूल्य तीन सय रुपैयाँ तोकिएको छ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन् भने अर्को समूहमा भारत, भुटान र बंगलादेश छन्। पहिलो खेलमा नेपाल र पाकिस्तान पर्सी भिड्नेछन्।

प्रतियोगिताको सुरुवाती दुई संस्करण नेपालले जितेको थियो। गत वर्ष भारतमा भएको च्याम्पियनसिपमा भने घरेलु टिम च्याम्पियन बनेको थियो।

प्रतियोगिताका सबै खेल स्पोर्ट्सवर्कको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ। प्रतियोगिताको बजेट २ करोड ७७ लाख रुपैयाँ रहेको छ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News