‘पशुपति प्रसाद–२ : भष्मे डन’ को दोस्रो गीत सार्वजनिक (भिडिओसहित)


 


काठमाडौं, असोज ७ । दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद–२ : भष्मे डन’ को दोस्रो गीत सार्वजनिक गरिएको छ।

ओएसआर युट्युब च्यानलमार्फत फिल्ममा समावेश ‘प्रेम शरणम्’ बोलको गीत सार्वजनिक गरिएको हो। यसअघि फिल्मको ‘दुई चल्ठी बाटन’ बोलको गीत सार्वजनिक गरिएको थियो।

गीतको भिडिओमा विपिन कार्की र स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ। उक्त गीत रमाइलो शैलीमा तयार पारिएको छ ।

काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको गीतमा सुशिल पौडेल र कृष्ण भारद्धाजको शब्द छ भने कृष्ण भारद्धाजले संगीत भरेका छन्।

फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ।

‘पशुपति प्रसाद–२ ः भष्मे डन’ फिल्म कार्तिक ४ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित मिति: ७ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्