ओलीले लगाए सरकारलाई यस्तो आरोप


 


काठमाण्डौ, मंसिर २३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पैसा नखाई यो सरकारले भूकम्प पीडितलाई राहत नदिने आरोप लगाएका छन ।
आज फोरम केन्द्रीय सदस्य सहित विभिन्न पार्टीका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउने कार्यक्रममा बोल्दै ओलीले यो कुरा आफूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत भेट भएको बेला बताउने दावी गरेका छन ।

उनले सरकारले तत्काल निर्वाचनको मिति तोक्नु पर्ने माग गर्दै संविधानले निर्वाचनमा जाने बाटो नरोकेको समेत बताएका छन।

धुम्बाराही स्थित एमाले मुख्यालयमा भएको कार्यक्रममा संघीय समाजवादी फोरमका ५ केन्द्रीय सदस्य सहित विभिन्न दलका ९० जना भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्