अाज मुक्ति दिवस मनाइँदै


 


काठमाडाैं, मंसिर २४

आज २४ मंसिर अर्थात् ६६औं मुक्ति दिवस । यसका लागि सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । आजकै दिन २००७ सालमा मुक्ति सेनाले पहिलो पटक भोजपुर कब्जा गरी क्रमशः मुलुकलाई जहानियाँ राणाशासकको हातबाट मुक्त गरेको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ ।

राजधानीको कमलादीमा दिउँसो विचार गोष्ठी तथा सम्मान कार्यक्रम आयोजना गरिएको सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले जानकारी दिएको छ । ‘२००७ साल मंसिर २४ गते पहिलो पटक भोजपुरलाई जहानियाँ राणाशासकबाट मुक्त गरेको दिनको सम्झनामा आयोजित उक्त कार्यक्रममा २००७ सालको क्रान्तिका एक योद्धा र त्यससम्बन्धी खोज–अन्वेषकलाई सम्मान गर्ने कार्यक्रम छ,’ प्रष्ठिानको पत्रमा भनिएको छ ।

प्रतिष्ठानका अनुसार आजकै दिन २००७ सालमा रामप्रसाद राई, नारदमुनि थुलुङलगायतको नेतृत्वमा बिनारक्तपात भोजपुरलाई राणाशासकको हातबाट मुक्त गरिएको थियो ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्