झापाका पत्रकार ढकालकाे निधन



झापा, मंसिर २४

झापाका अग्रज पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ बर्षको उमेरमा विहीवार राति निधन भएको छ । मधुमेह र मृगौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुंग बिर्तासिटी हस्पिटलमा उपचारकै क्रममा निधन भएको हो ।

एक बर्षअघिबाट मधुमेह र मृगौला रोगबाट पीडित बनेका ढकाललाई गत बुधवार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । २००९ साल जेठ १९ गते आइतवार अनारमनी १मा जन्मिएका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रुपमा समेत परिचित छन् ।

स्व. तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रुपमा जन्मिएका ढकालले २०२४ सालबाट पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका थिए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ बर्षसम्म अध्यापन गराएका छन् ।

२०२८ सालदेखि विवेचना, अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न उनी प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक पनि हुन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य रहेका ढकाल अहिले पत्रकार महासंघका केन्द्रीय पार्षद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News