व्यवस्थापिका संसदको बैठक बस्दै


 


काठमाण्डौ, मंसिर २४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण कार्यसुचीमा प्रवेश गर्न नसकेको व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।

बैठक अपरान्न ३ बजेपछि नयाँबानेश्वरस्थित संसद भवनमा बोलाइएको छ ।

सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने माग राख्दै लगातार सदन अवरोध गर्दै आएको एमालेले आजपनि बैठक अवरोध गर्ने तयारी गरेको छ ।

एमालेको अवरोधका कारण बैठक चल्न नसक्दा संसदका काम कारबाही प्रभावित हुदै आएको छ ।

दलहरुले संवाद मार्फत संविधान संशोधन दर्तापछि उत्पन्न राजनितिक गतिरोध अन्त्यको पहल गर्ने प्रतिवद्धता जनाएपनि एमालेले आजको संसद बैठक पनि अवरोध गर्ने तयारी गरेको हो ।

गत मंसिर १४ गते संसद सचिवालयमा सरकारले दर्ता गरेको संशोधन विधेयक फिर्ता गर्नुपर्ने माग राख्दै एमालेले अवरोध गरेपछि पछिल्ला ४ वटा संसद बैठक कार्यसुचीमा प्रवेश गर्न सकेको छैन ।

गतिरोध अन्य गर्न भन्दै सभामुख ओनसरी घर्तीले हिजो बोलाउनु भएको बैठकमा दलहरु आ आफ्नै अडानमा देखिएपछि सहमति जुट्न सकेन ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्