किन गर्यो एमालेले भेला स्थगित ? यस्तो छ कारण


 


काठमाण्डौ, मंसिर २४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आजदेखि विरगन्जमा हुने भनिएको दुईदिने भेला स्थगित भएको छ ।

मधेसी मोर्चाले कार्यक्रम गर्न नदिने धम्की दिएपछि भेला स्थगित भएको जनाएको छ ।

एमालेको मुखपत्र नवयुगको वार्षिकोत्सवका अवसरमा केन्द्रीय नेताको उपस्थितिमा वीरगन्जको नगर सभागृहमा दुई दिने कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा महासचिव इस्वर पोखरेल, सचिव योगेश भट्टराई लगायतका केन्द्रीय नेता सहभागी हुने तयारी भएको थियो ।

राष्ट्रिय राजनीतिक परिस्थिति जटिल भएकाले वीरगन्जको कार्यक्रम स्थगित भएको एमाले प्रचार विभागका सदस्य अरविन्द सिंहले जानकारी दिनुभयो ।

यद्यपी मधेसी मोर्चाको धम्कीका कारण कार्यक्रम स्थगित भएको स्रोतले दाबी गरको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्