टिपरको ठक्करबाट बालकको मृत्यु


 


पाँचथर, जेठ ३२ 

बिरुवा सपना सिंह ब्रदर्स कन्सट्रक्सन प्रालिको कम्पनीको टिपरले ठक्कर दिँदा सोमबार एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा नाँगी–१ का स्थानीय धनेन्द्र तामाङका १४ वर्षीय छोरा सङ्गमको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने चालक फरार रहेकाले उनको खोजी भइरहेको स्थानीय नेत्र कोइरालाले जानकारी दिए। थर्पु उच्च माविमा कक्षा ९ मा अध्ययनरत तामाङ विद्यालय जाँदै थिए । रासस

 

प्रकाशित मिति: ३२ जेष्ठ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्