आन्दोलनका पछाडि ठूलो षडयन्त्र छ-प्रधानमन्त्री


 


काठमाण्डौ, मंसिर २४

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता र समावेशी समानुपातिक व्यावस्थाको बिरोध गर्नेहरुले बखेडा झिकेर आन्दोलन गरिरहेको बताएका छन ।

संविधान संशोधन प्रस्तावको विषयलाई लिएर भइरहेको आन्दोलनका पछाडि ठूलो षडयन्त्र भएको आरोप लगाउदै उन्ले संघियता नचाहनेको चलखेल भएको बताए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले पार्टीका अगुवा कार्यकर्तासंगको भेटमा बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धि मन नपराउनेहरुले षडयन्त्रको तानावान बुनिरहेको आरोप लगाएका छन ।

सरकार निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको भन्दै प्रधानमन्त्री दाहालले त्यसपछि मात्र संविधान कार्यान्वयन हुने बताएका छन ।

उपलब्धी संस्थागत गर्न संविधानको कार्यान्वयन अपरिहार्य रहेको र त्यसकालागी निर्वाचन गर्नैपर्ने उनको भनाइ थियो ।
साथै उनले मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायतका दलसंग पनि पार्टी एकता हुने जिकिरगरेका छन ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्