Deshko News
८ आश्विन २०८०, सोमबार

चोरी गर्ने तीन जना पक्राउ



भक्तपुर, मंसिर २४

चिनियाँ नागरिकको ३५ लाख रुपैयाँ चोरी गरी फरार रहेका तीन जनालाई शुक्रबार प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।
चोरी गरी फरार रहेका रामेछाप लखनपुरका १७ वर्षीय तीर्थबहादुर थापामगर, २३ वर्षीय चन्द्रबहादुर थापामगर, २७ वर्षीय कोटिका थापामगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले ठमेलमा रहेको ज्यु दे स्याङ नामको रेस्टुरेन्ट सञ्चालन गर्दै आएका चिनियाँ नागरिक युविंग थाङको ३५ लाख रुपैयाँ चोरी गरेका थिए।
रेस्टुरेन्टमा नै काम गर्दै आएका उनीहरुले गत भदौं २९ गते रकम चोरी गरेर फरार भएका थिए। उनीहरुलाई महानगरीय प्रहरी परिसर, भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट चार लाख ६५ हजार रुपैयाँ, बा ८० प ७३४१ नम्बरको मोटरसाइकल र टिका थापामगरको नाममा रहेको जग्गा धनी प्रमाणपूर्जा र राजीनामा लिखत कागज बरामद गरेको छ।
पक्राउपछि उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर बुझाइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News