क्रान्ति योद्धा रामप्रसाद राईलाई जनस्तरबाट चिनाउन सुझाव


 


काठमाडौँ, २४ मङ्सिर

राणा शासनविरुद्ध भएको क्रान्तिमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राई र उनले पु¥याएको योगदानबारे जनस्तरमा पु¥याउन जोड दिइएको छ । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले ६६औँ मुक्ति दिवसका अवसरमा यहाँ आज आयोजना गरेको विचारगोष्ठी तथा सम्मान कार्यक्रममा वक्ताले उहाँबारे सरकारले खोज गर्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिष्ठानले राईका सहयोद्धा ९० वर्षीय इन्द्रप्रसाद श्रेष्ठ र खोज–अन्वेषक जय सिवाहाङलाई सम्मान गरेको थियो । साहित्यकार एवम् पूर्वमन्त्री प्रदीप नेपालले खादा र ताम्रपत्र प्रदान गरी दुवै व्यक्तित्वलाई सम्मान गर्नुभएको हो ।

कार्यक्रममा नेकपा(एमाले) का नेता नेपालले राईलाई जनस्तरबाट चिनाउन आवश्यक रहेको धारणा व्यक्त गर्दै उनका बारेमा खोज गर्दा नयाँ तथ्य भेटिने विश्वास व्यक्त गर्नुभयो ।

सम्मानित राईका सहयोद्धा श्रेष्ठले राईको अगुवाइमा आफू क्रान्तिमा सहभागी भएको उल्लेख गर्दै उहाँको नेतृत्वमा रहेको मुक्ति सेनाले राणाको फौजलाई हराएको स्मरण गर्नुभयो । “विराटनगर सात सालको एउटा केन्द्र थियो, त्यो पनि भोजपुरपछि मात्र कब्जा भएको थियो”, उहाँले भन्नुभयो, “भोजपुर कहिल्यै पछाडि फर्केन, अगाडि बढिरह्यो ।”

प्रतिष्ठानका सल्लाहकार एंंव पूर्व अर्थमन्त्री शंकरप्रसाद काेइरालाले रामप्रसाद रार्इ भाेजपुरकाे मात्र नभर्इ देशकै सम्पती भएकाे भन्दै उहाँकाे याेगदानकाे बारेमा सबैले चर्चा परिचर्चा गर्नुपर्ने बताउँनुभयाे । ०७ सालकाे क्रान्तिकाे याेगदानमा उहाँकाे अतुलनीय याेगदान छ, बरिष्ठ साहित्यकार समेत रहनुभएका काेइरालाले भन्नुभयाे उहाँकाे याेगदानकाे बारेमा सबै क्षेत्रबाट उलिल्याउनु पर्छ ।

कार्यक्रममा सांसद जयन्ती रार्इले रामप्रसाद रार्इकाे याेगदानलार्इ सरकारले भुल्न खाेजेकाे अाराेप लगाउनुभयाे ।

प्रतिष्ठानका अध्यक्ष सांसद तारादेवी राईले सहिद घोषणा गर्न सरकारले बेवास्ता गरेको आरोप लगाउँदै अब राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गर्नुभयो । प्रतिष्ठानका सदस्य एवम् राईसम्बन्धी खोजकर्ता सचित राईले ६५ वर्षसम्म बेपत्ता राईको हत्या भएको तथ्य फेला परेको जिकिर गर्दै उनी प्रजातन्त्रको पुल भएको विचार व्यक्त गर्नुभयो ।

विसं २००७ मङ्सिर २४ गते राई, नारमुनि थुलुङ लगायतको नेतृत्वमा मुक्ति सेनाले पहिलो पटक राणा शासकको हातबाट बिनारक्तपात भोजपुर मुक्त गराएको थियो । दिल्ली सम्झौताप्रति असन्तुष्ट बनेका राईले पछि सिंहदरबार विद्रोह गरेका थिए ।

त्यसपछि उनलाई बेपत्ता भएको भनिएको छ । उहाँको जन्म विसं १९६५ फागुन १८ गते भोजपुरको बासीखोरामा भएको थियो । उहाँ विसं २००८ मा बेपत्ता हुनुभएको बताइएको छ ।

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्