पूर्वयुवराज्ञीद्वारा विद्यालय भवन शिलान्यास



गोरखा, मंसिर २४

पूर्वयुवराज्ञी हिमानी शाहले आज पालुङटारस्थित भवानी माविको भवन शिलान्यास गर्नुभएको छ । ‘गोरखा भूकम्प’ ले क्षति पु¥याएको विद्यालय भवन पुनःनिर्माणको जिम्मा हिमानी ट्रस्ट नेपालले लिएको हो ।

ट्रस्टले करिब रु तीन करोडको लगानीमा १६ कोठाको भवन निर्माण गर्ने तयारी गरेको विद्यालयका प्रअ ओजराज गिरीले जानकारी दिनुभयो । जापानी बुद्धिस्ट एसोसिएसनको आर्थिक सहयोगमा ट्रस्टले भवन निर्माण गर्न लागेको हो ।

भवन शिलान्यास कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासासी ओगावा पनि उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News