भारतीय राजदूतको दबाबमा यस्ताे छ मोर्चाको तयारी !



काठमाडाैं, मंसिर २५

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव स्वीकार गर्ने रणनितिका साथ आज बैठक बोलाएको छ ।

गत १४ मंगलबार संसदमा दर्ता भएको परिमार्जनसहितको संशोधन स्वीकार गर्ने धारणा बनाउन आज दिउँसो दुई बजे मोर्चाको बैठक बस्दै छ ।

यसअघि यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको मोर्चाले आज बैठक बसि परिमार्जिनसहितको संशोधन प्रस्ताव स्वीकार गर्ने धारणा सार्वजनिक गर्ने भएको हो।

मोचाभित्रै संशोधन प्रस्तावलाई लिएर फरक फरक धारणा सार्वजनिक भएपछि समान धारणा बनाउन भन्दै आज बैठक बोलाएको मोर्चाका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

संशोधन प्रस्तावले मधेसका समस्या समाधान नगर्ने भन्दै सो प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्नै नसकिने निर्णय गरेको मोर्चाले आज बोलाएको बैठकबाट परिमार्जन गरिएको प्रस्ताव स्वीकार गर्ने निर्णय गरी धारणा तय गर्ने मोर्चाका एक नेताले जनाए।

स्रोतका अनुसार भारतीय राजदूत रणजित रायले मोर्चाका नेतालाई दूतावास नै बोलाएर सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव सकारात्मक भएको भन्दै समर्थन गर्न दबाब दिएका थिए ।

मधेसी मोर्चा्भित्र पनि संशोधन प्रस्तावको विषयमा फरक फरक धारणा सार्वजनिक हुँदै आएका छन्।

मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपाल र तमलोपाबाहेकका दल संशोधन प्रस्तावलाई सकारात्मक रुपमा लिनुपर्ने पक्षमा रहेको छ ।

उनीहरुले धेरै खोज्दा खल्तीमा भएको पनि झर्ने अवस्था आउने भन्दै प्रस्तावलाई आलोचनात्मक समर्थन गर्नुपर्ने पक्षमा छन्। तर संघीय समाजवादी फोरम नेपाल भने प्रस्तावलाई स्वीकार गर्न नसकिने पक्षमा छ ।

मोर्चा्भित्रै फरक फरक धारणा र भारतीय राजदूतको दबाब थेग्न नसकेपछि मोर्चाले संशोधन प्रस्तावप्रति लचिलो धारणा बनाउन लागेको हो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News