गुल्मी ११ दिनदेखि ठप्प


 


गुल्मी, मंसिर २५

सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी पाँच नम्बर प्रदेशबाट गुल्मीलाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको एघारौँ दिन आज यहाँ लाठी जुलुस प्रदर्शन गरिएको छ ।

सरकारले एघारौँ दिनसम्म पनि माग सम्बोधन नगरेको भन्दै आन्दोलनकारीले सदरमुकाम तम्घासमा लाठी लुजुस प्रदर्शन गरेका संयुक्त आन्दोलन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभयो ।

बन्दका कारण जिल्लाको जनजीवज कष्टकर बन्दै गएको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखाना, सम्पूर्ण यातायात सेवा ठप्प छ । सङ्घर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाउँदै लगेको छ । ग्रामीण भेगका मुख्यमुख्य व्यापारिक केन्द्रमा समेत प्रदर्शन कायमै राखिएको छ ।

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्