नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटकर एलिजेबीच इन्गेजमेन्ट


 


काठमाडौं, असोज १९ । नेपाली चर्चित टिकटकर आयुषसिंह ठकुरीले दुबईमा प्रेमिका पाकिस्तानी टिकटकर अलिजे जमालीसँग इन्गेजमेन्ट गरेका छन् ।

आयुष र जमालीले आ–आफ्ना टिकटक एकाउन्टबाट इन्गेजमेन्टबारे जानकारी दिएका छन् । जमालीका आफन्त पनि समारोहमा उपस्थित भएर नाचगान गरिरहेको देख्न सकिन्छ ।

नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका हुन् । पछिल्लो समय यी दुबैजना दुबईमा बस्दै आएका छन् । केही समयदेखि यी दुई प्रेम सम्बन्धमा थिए ।

जमालीलाई टिकटकमा १९ लाख फ्लोअर्स छन् भने आयुषका १२ लाख फ्रलोअर्स छन् ।

जमाली केही समय अघि आयुषलाई भेट्नैको लागि आफ्नी आमा र बहिनीसहित नेपाल आएकी थिइन् । त्यसको केही समयपछि आयुष पनि आफ्नी हजुर आमा, आमासहित जमालीलाई दुबै पुगेका थिए ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्