सानोदुम्माली युवाहरुले गरे अनुकरणीय कामको शुरुवात



असिम दुङमाली
भाेजपुर (सानोदुङमा) मंसिर २५
जिल्लाको सानोदुम्मा चौकीबारीमा स्थानीय युवाहरुले अनुकरणीय कामको शुरुवात स्वरुप शनिवार सामूदायिक भवन उद्घाटन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम स्थानीय युवाहरुको सक्रियतामा केही समय अघि संगठित परिवर्तनशील सामूदायिक संस्थाको आयोजनामामा भएको हो ।

कार्यक्रम सानोदुम्मा गाविस वडा नं.–४ चौकीबारीबाट हाल बैदेशिक रोजगारीमा रहेका युवाहरुको अनौपचारिक समूह प्रवासी युवा समाजको आर्थिक सहायतामा सम्पन्न भएको हो । बैदेशिक रोजगारीमा रहेका प्रत्येक युवाहरुले आफ्नो गाउँ समाजको विकासको निम्ति स्वेच्छिक सक्दो सहायता रकम पठाइरहेका छन् ।

सहायता रकमबाट चौकीबारीमा विगतमा विद्यालय भवनको रुपमा रहेको पुरानो भवनलाई जीर्णेद्धार तथा पुनः संरचित गरी सामूदायिक भवनको रुपमा विकास गरिएको छ । केही वर्ष अघि विद्यालय अर्कै स्थानमा सारिएकाले सो भवनलाई सदुपयोग गर्ने द्येयले जीर्णोद्धार गरिएको जानकारी संस्थाका अध्यक्ष बोमप्रसाद राईले बताए ।

कार्यक्रममा विगत लामो समय देखि सानोदुम्मा चौकीबारीमा शैक्षिक, सामाजिक एवम् आर्थिक रुपान्तरणका निम्ति महत्वपूर्ण योगदान गर्दै आउनु भएका समाजसेवी दलबहादुर राई, त्यसैगरी स्थानीय वृद्ध–वृद्धाहरुहरुलाई नगद तथा सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो । त्यसैगरी गरीव तथा जेहेनदार विद्यार्थीहरुलाई विद्यालय पोशाक, खेलाडीहरुलाई खेलकूद पोशाक अनि जुताका साथै सुन्दरज्योति प्राविमा अध्ययनरत सम्पूर्ण बालबालिकाहरुलाई कापी र बलपेन समेत वितरण गरिएको थियो ।

वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई आफ्नो समाज आफै बनाउँ अभियानका निम्ति थप प्रोत्साहन गर्दै थानीय, सुन्दरज्योति प्राविमा अध्ययनरत सम्पूर्ण बालबालिकालाई पोशाक र शैक्षिक सामग्रीहरुको व्यवस्थापनका साथै समाज रुपान्तरणका अन्य थपुै्र कार्यहरु सम्पन्न गर्ने भावि योजनाको रुपमा रहेको जानकारी कार्यक्रममा संयोजक एवम् प्रवासी युवा कमिटीका संयोजक हर्कराज राईले बताएका छन् ।

समाज रुपान्तरणमा युवाहरुले चाहेमा अवश्य सकारात्मक परिणाम आउँनेछ । भन्ने दृष्टान्त सानोदुम्माका युवाहरुले शुरुवात गरी देखाएका छन् । यसरी नै सबैले आ–आफ्नो क्षेत्रमा सिर्जनशील कामहरु गर्ने हो, भने विकास र समाज रुपान्तरण टाढा र असंभव भन्ने पक्कै छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News