छत खस्दा ६० जनाको मृत्यु


 


काठमाडौं, मंसिर २६

नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । चर्चमा भएको धार्मिक कार्यक्रममा ठूलो संख्यामा सर्वसाधारण सहभागी भइरहेका बेला छत एक्कासी खस्दा सो दुर्घटना भएको विविसीले जनाएको छ ।

घटनामा अझै केही पुरिएको आशंका गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सो चर्च निर्माणाधीन अवस्थामा रहेको थियो ।

यस्तै नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाप्रति दुःख ब्यक्त गर्नु भएको छ । नाइजेरियामा बर्षेनी भवन भत्कँदा सयौंको मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति: २६ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्