प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल हुदै


 


काठमाडौं, मंसिर २६

मुलुकको राजनितिक परिस्थिति र संसदमा जारी गतिरोध अन्त्य गर्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै छन ।

राष्ट्रपति भवन सितलनिवासमा हुने छलफलमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै अवरुद्ध संसद, राजनितिक दलहरुबीच पछिल्लो समय बढेको ध्रुवीकरण लगायतका विषयमा छलफल हुने जनाएको छ ।

असन्तुष्ट पक्षको माग सम्बोधनका लागि भन्दै सरकारले संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेसँगै दलीय ध्रुवीकरण तीव्र भएपछि राष्ट्रपति भण्डारीले चासोआ राख्दै आएकी छिन ।

सहमतिका लागि दलहरुबीच भइरहेको छलफलबारे प्रधानमन्त्री दाहालले राष्ट्रपतिलाई जानकारी गराउने बताइएको छ।

प्रकाशित मिति: २६ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्