मधेशी मोर्चालाई संविधान संशोधनको पक्षमा पारेका रन्जित रेको ध्यान किन राप्रपातिर ?


 


काठमाडौं, मंसिर २६

संविधान संशोधनको पक्षमा निसर्त उभिन मधेसी मोर्चाका नेताहरुलाई निर्देशन दिएपछि भारतीय राजदूत रन्जित रे प्रस्तावको पक्षमा बहुमत जुटाउन थप सक्रिय भएका छन् ।

संशोधन मधेसी जनताको पक्षमा नआएको वताउँदै आएका मधेसी मोर्चाका नेताहरु भारतीय राजदूत रेको निर्देशनपछि निःसर्त संशोधनको पक्षमा उभिएका हुन् ।
मधेसी जनताको पक्षमा संशोधन नभए पनि भारतीय राजदूत रेको निर्देशन आएका कारण शनिवार बसेको मोर्चाको बैठकले पूर्वधारणा बदल्दै संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेका हुन् ।

मधेसी जनताको माग जेसुकै भए पनि भारतीय राजदूतको निर्देशनका कारण मोर्चा सकारात्मक भएपछि राजदूत रे संशोधनका पक्षमा सत्तारुढ राप्रपालाई फकाउन केन्द्रित भएको स्रोतले वताएको छ ।

राजदूत रेले राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति समशेर राणा मार्फत राप्रपालाई संशोधनको पक्षमा उभ्याउन गृहकार्य गरेको राप्रपा स्रोतले वताएको छ ।

सत्तारुढ राप्रपा कार्यसम्पादन समितिको बैठकले संशोधन विधेयकका प्रावधान राष्ट्रहित विपरित भएको ठहर गर्दै अहिलेकै प्रस्तावको पक्षमा लाग्न नसकिने निर्णय गरेको थियो ।

मोर्चालाई मनाएपछि भारतीय राजदूत रे राप्रपालाई संशोधनको पक्षमा सोझ्याउन राष्ट्रिय अध्यक्ष राणा मार्फत पहलकदमीमा लागेका हुन् । राप्रपाले साथ दिए पनि विपक्षमा खुलेका अन्य साना दलहरुले साथ नदिएसम्म संशोधनको पक्षमा दुईतिहाइ पुग्दैन ।

तर, राप्रपालाई मनाउन सके ती दलका नेताहरुलाई मन्त्री बनाउने आश्वासन दिएर भए पनि भारतले चाहे अनुरुप संशोधन गर्न सकिने विश्वासमा भारतीय राजदूत छन् ।

प्रकाशित मिति: २६ मंसिर २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्