दुर्घटनामा पाँचजनाको मृत्यु



तेह्रथुम, मंसिर २६

तेह्रथुमको जिरी–खिम्ती–म्याङलुङ सडकखन्डअन्तर्गत् गढीभीरमा आइतबार यात्रीबाहक बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।

तीनजनाको घटनास्थलमै र दुईजनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी २३ जनाभन्दा बढी यात्री घाइते भएका छन् ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । धरानबाट तेह्रथुमको औंसीडाँडातर्फ जाँदै गरेको ना ४ ख २८६५ नम्बरको बस गढीभीरको सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

नेपाली प्रहरी, सशस्त्र र स्थानीयवासीले घाइतेहरुको उद्धार गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News