रुसी राष्ट्रपति पुटिनले फेरि गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ


 


नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् ।

रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै बुद्धिमान व्यक्ति भएको बताएका हुन् । राष्ट्रपति पुटिनले भारत र रुसबीच रहेको सम्बन्धको पनि प्रशंसा गरेका छन् ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले प्रगति गरिरहेको भन्दै रुस र भारतबीच दशकौं पुरानो मित्रता र सहयोगको परम्परा रहेको बताए ।

राष्ट्रपति पुटिनले प्रधानमन्त्री मोदीसँग आफ्नो राजनीतिक सम्बन्ध पनि सुमधुर रहेका बताए । उनले आर्थिक सुरक्षाको एजेण्डामा काम गर्दा भारत र रुस दुवैलाई फाइदा हुने उल्लेख गरे ।

यसअघि पुटिनले गत महिना पनि मोदीको प्रसंशा गरेका थिए । उनले आठौं पूर्वी आर्थिक मञ्चलाई सम्बोधन गर्दै मेक इन इन्डिया र प्रधानमन्त्री मोदीको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्