सशस्त्र प्रहरी बल टक्सार गुल्मकाे नवनिर्मित ब्यारेक उद्घाटन


 


भाेजपुर, मंसिर २७

भोजपुर जिल्लाको भोजपुर नगरपालिका ११ कोटडाँडास्थित सशस्त्र प्रहरी बल टक्सार गुल्मकाे नवनिर्मित कार्यालय भवन तथा ब्यारेक भवनको भएकाे छ । सोमबार भवनकाे सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उद्घाटन गरेका हुन् ।

वि.सं. २०७१ साल माघ २० गतेबाट निर्माण सुरु भएको सो गुल्मको निर्माण कार्य करीब २ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो । याे गुल्म परिसरमा एउटा कार्यालय भवन, कोत गार्ड तथा सिनियर अधिकृत ब्यारेक एउटा, जुनियर अधिकृत ब्यारेक एउटा तथा दुई वटा जवान ब्यारेक निर्माण सम्पन्न भएक छन् ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले उद्घाटका अवसरमा सुरक्षाकर्मी जहाँ रहे पनि चनाखाे हुनु पर्ने बताएका थिए । उनले सशस्त्र प्रहरी कर्मचारीले आफ्नो दायित्व निर्वाहमा सधै सकृयताका साथ कृयाशिल रहिरहनु पर्ने उल्लेख गर्दे संगठनले आफ्ना राष्ट्रसेवकहरुलाई विभिन्न अवसरहरु प्रदान गरेको चर्चा गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक राईले आफ्नो विगत स्मरण गर्नुहुँदै दायित्व निर्वाहमा सधै कटिवद्ध रहनु पर्ने बताउँँदै मेहनत गरे सधै सफलता प्राप्त हुने उल्लेख गरेका थिए। रार्इकाे गृहजिल्ला भाेजपुरकाे नागी गाविस हाे ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले भोजपुरमा विपद् प्रकोपको अवस्था बढिरहेको भन्दै उद्धारका लागि आधुनिक उपकरणको समेत आवश्यकता रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले धन्यवाद ज्ञापन तथा टक्सार गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक उद्धवबहादुर रावलले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भोजपुर जिल्लाका जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठ लगाएत विभिन्न कार्यालयका प्रमुखहरु तथा सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्