दसैंकाे बिदामा कहाँ-कहाँ खुल्ला छन् लक्ष्मी सनराइज बैंकका शाखा ?


 


काठमाडौं । लक्ष्मी सनराइज बैंकले दशैंका बेलामा पनि बैंकिङ सेवा दिइरहेकाे छ । बैंकले दशैंको विदामा पनि बैंकका विभिन्न शाखाबाट सेवा दिइरहेकाे जनाएकाे छ ।

बैंकका अनुसार अष्टमीदेखि एकादशीसम्म बैंकका सातवटै प्रदेशमा रहेका केही शाखा खुला हुनेछन् । बैंकले सेवा दिने शाखा बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्ला रहने बैंकले जनाएकाे छ ।

देशभरका विभिन्न शाखाहरुबाट सेवाग्राहीहरुकाे सुविधालाई ध्यान दिँदै बिदाकाे दिन पनि शाखाहरु खुल्ला गरिएकाे बैंकले जनाएकाे छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्