धरानमा प्याराग्लाइडिङ सेवाको सुरुवात


 


सुनसरी, मंसिर २८

सुनसरीको धरानमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ ।

बुढासुब्बा प्याराग्लाइडिङ नेपाल प्रालिले प्याराग्लाइडिङ सेवाको सुरुवात गरेको हो ।

प्याराग्लाइडिङको सुरुवातसँगै धरान आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा व्यवसायीले गरेका छन् ।

धरानमा यसअघि स्काई एड्भेञ्चरले धरान–२० छोटी मोरङबाट प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु गरिसकेको छ ।

बुढासुब्बा प्याराग्लाइडिङले समेत धरानमा उडान सुरु गरेपछि धरान आउने पर्यटकलाई थप सुविधा पुग्ने व्यवसायी बताउँछन् ।

रमितेडाडाँबाट धरानको सुन्दर दृष्य, चारकोसे जंगललगायत इटहरी, भेडेटारलगायतका हिम शृङ्खलाको दृष्य अवलोकन गर्न सकिने छ ।

बुढा सुब्बाले व्यवसायिक प्याराग्लाइडिङ उडानका लागि पाँच जना पाईलट राखेको छ ।

प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्