मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट हुने


 


काठमाडौं, कार्तिक, १४ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेको एफपीओ आगामी बिहीबार ९कात्तिक १६० गते बाँडफाँट हुने भएको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८:३० बजे एफपीओ बाँडफाँट गरिने भएको हो ।

अन्तिम दिनसम्ममा कम्पनीको एफपीओमा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन दिएका थिए । जसअनुसार एफफपीओमा अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ ।

जसमा १२ हजार ३८१ जनाले मात्र शेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३९६ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको थियो ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्