सिद्धार्थ बैंककले लाभांश पारित गर्ने, बोलायो साधारण सभा


 


काठमाडौं, कार्तिक १४ । सिद्धार्थ बैंक लिमिटेडले २२औं वार्षिक साधारण सभा मंसिर ५ गते गर्ने भएको छ ।

हिजो (कात्तिक १३) गते बसेको सञ्चालक समितिको बैठकले बालुवाटारमा बिहान १० बजेका लागि साधारण सभा आयोजना गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफाबाट प्रस्तावित चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँको ४।२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ ।

त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सम्पूर्ण कार्य गर्ने अधिकारको पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २१ गते बुक क्लोज गर्ने जानकारी दिएको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्