स्ट्यान्डर्ड चार्टर्ड बैंकद्वारा चार वर्षयताकै उच्च लाभांश घाेषणा


 


काठमाडौं, कार्तिक १४ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चार वर्षयताकै उच्च लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को नाफाबाट बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई १९ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।

बैंकले २०७६/७७ को नाफाबाट ११.८४ प्रतिशत, २०७७.७८ को नाफाबाट १३.०६ प्रतिशत र २०७८/७९ को नाफाबाट १६/५१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

तुलनात्मक रुपमा यो पटकको लाभांश आकर्षक रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित १९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्