आज कार्तिक १५ गते बुधबार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०८० साल कार्तिक १५ गते बुधबारको राशिफल ।

मेष

आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।

मिथुन

आज अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आफ्नो बुद्धिले काम नगर्न सक्छ, अतस् सचेत रहनु होला ।

सिंह

आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा वृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

तुला

आज अचानक विविध समस्या देखा पर्न सक्छन् । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु पनि उपलब्धीमूलक हुँदैन ।

धनु

विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वैदेशिक कार्य पनि राम्रो हुन्छ ।

कुम्भ

आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ । ज्ञानमा वृद्धि पनि हुनेछ ।

बृष

आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक यात्राको अवसर आउन सक्छ, यात्राबाट लाभ पनि मिल्नेछ ।

कर्कट

कुनै समाचारले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाइनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

कन्या

आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग पाइनेछ । सेयरबजारमा रुचि पनि बढ्नेछ ।

बृश्चिक

आज सेयरबजार र बन्दव्यापारमा फाइदा हुनेछ । प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ । विद्वान्हरूको साथमा घुलमिल हुने मौका आउनेछ ।

मकर

धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

मीन

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्मकर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्