दक्षिण भारतीय अभिनेत्री प्रियाको कलिलै उमेरमा निधन


 


एजेन्सी । दक्षिण भारतीय अभिनेत्री प्रियाको हृदयघातका कारण कलिलै उमेरमा निधन भएको छ।

आठ महिनाकी गर्भवती उनको ३५ वर्षकै उमेरमा निधन भएको हो । उनी लगातार चेक जाँचको लागि अस्पताल जान्थिन्। अहिले उनको बच्चालाई आइसियुमा राखिएको छ।

अभिनेता किशोर सत्यले आफ्नो सामाजिक सञ्जालमार्फत प्रियाको निधन भएको जानकारी दिएका हुन्।

पेशाले डाक्टर समेत रहेकी प्रियाले मलयालम फिल्मसँगै टेलिशृंखलामा पनि अभिनय गरेकी छन्।

प्रकाशित मिति: १५ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्