धनी अभिनेता शाहरुख खानको सम्पत्ति अझै बढ्यो


 


मुम्बई । बलिउड अभिनेता शाहरुख खानको सम्पत्ति अझै बढेको छ ।

यो वर्ष उनको सम्पति १३ अर्ब रुपैयाँले बढेको हो । गएको वर्ष उनको नेटवर्थ ५१ अर्ब १६ रुपयाँ थियो ।

जवान र पठानको सफलतापछि नेटवर्थ ८ प्रतिशतले बढेर ६४ अर्ब ११ करोड रुपैयाँमा पुग्यो ।

यो वर्ष आएका शाहरुखका २ फिल्म पठान र जवानले २१ अर्ब ९६ करोड भारु कमाएका थिए ।

यो सम्पत्तिका साथमा खान विश्वकै धनी अभिनेताहरूको सूचीमा चौथो स्थानमा छन् ।

कमाइको मामिलामा उनले टम क्रुज, जेकी च्यान र आर्नोल्ड श्वाजनेगरलाई पनि पछाडि पारिदिएका छन् ।

शाहरुख खानभन्दा अगाडि जेरी सिनफिल्ड, टायलर पेरी र ड्वेन जोन्सन छन् ।

प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्