रेखा थापाको ‘उपहार’को गीत सार्वजनिकसंगै फिल्म रिलिजको मिति घोषणा


 


काठमाडौँ, कार्तिक १७ । ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको फिल्म उपहार’को गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ ।

आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत बाबुल गिरी र एलिना चौहानको स्वरमा फिल्म ‘उपहार’को पहिलो गीत ‘वाह वाह’ सार्वजनिक गर्दै फिल्मको रिलिज पनि घोषणा गरिएको हो । यो फिल्म फागुन २५ गते रिलिज हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

गिरीकै संगीत र शंकर अधिकारी ‘घायल’को शब्दमा तयार भएको गीतमा फिल्मका शीर्ष कलाकार फिचर्ड छन् ।

गीतमा फिल्मका तीन जोडीलाई प्रस्तुत गरिएको छ । रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्