दुर्घटनामा एक जनाको मृत्यु


 


सप्तरी,मंसिर २९
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–७ स्थित रुपनगरमा गएराति भएको सवारी दुर्र्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका २ का नारायण भट्टराई रहेको  प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्व तर्फ गइरहेको को २७ प ६८९० नम्बरको मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका भट्टराईको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी सुनसरी बहुमुखि क्याम्पसका प्राध्यापक समेत रहेका थिए ।

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्