हनी सिंहले गरे श्रीमतीसंग सम्बन्धविच्छेद


 


नयाँ दिल्ली, कार्तिक २२ । भारतका चर्चित र्‍यापर हनी सिंहले श्रीमतीसंग सम्बन्धविच्छेद गरेका छन् ।

उनले बिहे गरेको १२ वर्षपछि श्रीमती शालिनी तलवारसँग सम्बन्धविच्छेद गरेका हुन् ।

दिल्लीको फ्यामिली कोर्टले सिंह सम्पत्तिलाई अलग्गिने मन्जुरी दिएको छ । साढे २ वर्षदेखि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा विचाराधीन थियो ।

शालिनीले हनीलाई घरेलु हिंसाको आरोप लगाएकी थिइन् । हनी र शालिनीले लभ म्यारिज गरेका थिए ।

लामो समयसम्म एक अर्कालाई डेट गरेपछि सन् २०११ मा सिख रीतिरिवाजअनुसार दुबैको बिहे भएको थियो ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्