होटल क्राउन हिमालयजमा एभरेष्ट बैंकका ग्राहक र कर्मचारीलाई विशेष छुट


 


पोखरा, कार्तिक २३ । एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच कर्मचारी र ग्राहकहरुका लागि छुट सम्झौता भएको छ ।

पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतासँगै अब एभरेष्ट बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउन हिमालयजको सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले विश्वास गरे ।

सम्झौता कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख सुधिर गौतम, पोखरा शाखाका शाखा प्रमुख उज्वलराज शर्मा लगायतको उपस्थिति थियो । होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटलहरु मध्यमा पर्न सफल छ ।

होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आफूहरुले स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन् ।
स्थापना कालदेखि नै ग्राहकहरुको रोजाइमा रहेको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् । बैंकका देशैभर १२७ शाखा छन् ।

तीन एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्