नेपाल एसबिआई बैंकद्धारा भूकम्प प्रभावितलाई २० लाख सहयाेग प्रदान


 


नेपाल एसबिआई बैंकले भूकम्प प्रभावितलाई सहयाेग प्रदान गरेकाे छ । बैंकले भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उदेश्यले प्रधानमन्त्री दैवी प्रकाेप सहायत कोषमा २० लाख रुपैयाँ सहयाेग गरेकाे हो ।

उक्त रकमको चेक नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई हस्तान्तरण गर्नुभयाे ।

चेक हस्तान्तरणमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमूख संचालन अधिकृत, यादवेंद कांत, मूख्य व्यापार प्रबर्धन अधिकृत, रितेश अर्याल तथा नेपाल सरकारको उच्च तहका कर्मचारीको उपस्थिति रहेको थियो।

यसअघि बैंकले जाजरकोट र रुकूममा भूकम्प पिडितका लागि आवश्यक खाद्य बस्तूहरु खरिद गरी सहयोग प्रदान गरेको थियो ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावण संरक्षण, सांस्कृतिक प्रवद्र्घन, दूर्गम क्षेत्रमा पुर्वाधार सूधार, सामाजिकरुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्