तिहार–छठ बिदामा ग्लोबल आईएमई बैंकका यी शाखाहरु खुला


 


काठमाडौं, कार्तिक २७ । ग्लोबल आइएमई बैंकले तिहार र छठ बिदामा पनि बैंकिङ सेवा दिइरहेको छ ।

बैंकले देशका सातवटै प्रदेशका विभिन्न शाखाहरुमार्फत सेवा दिइरहेको जनाएको हो ।

बैंकका अनुसार तिहारमा २६ गते (लक्ष्मी पूजा)देखि ३० गतेसम्म र छठमा मंसिर ३ गते बैंकका शाखा खुला हुनेछन् । २९ गते भाइटिकाको दिन भने बैंकको सेवा बन्द हुनेछ ।

बैंकले सेवा दिने अधिकांश शाखा बिहान १० देखि दिउँसो १ बजेसम्म खुल्ला रहने जनाएको छ ।

देशभरका विभिन्न शाखाहरुबाट सेवाग्राहीहरुको सुविधालाई ध्यान दिँदै बिदाको दिन पनि शाखाहरु खुल्ला गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्