नेपाललाई दियो श्रीलंकाले २२८ रनको लक्ष्य


 


काठमाडौं, मंसिर ३०

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाललाई श्रीलंकाले २२८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा  २२७ रन बनाएको हो ।

श्रीलंकाका हसिथा बोयागोडाले सर्वाधिक ८३ रनको योगदान दिए । इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।

नेपाल सन्दिप लामिछानेको कप्तानीमा खेलिरहेको छ । नेपाल रहेको समूह ‘ए’ मा आयोजक श्रीलंकासहित भारत र मलेसिया छन् । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, सिंगापुर र पाकिस्तान छन् ।

प्रकाशित मिति: ३० मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्