कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त


 


काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।

यसअघिका सिइ‍ओ रमेश अर्यालले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत गरेर नयाँ सिइओमा खनाल नियुक्त गरेको हो । खनाललाई समितिले ४ वर्षका लागि सिइओ बनाएको हो।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकलाई गाभ्नुअघि पनि उनी कुमारी बैंकको सीईओ थिए । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् ।

प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्