माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त


 


काठमााडौं, मंसिर ७
माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।

बिहीवार बसेको बैंक सञ्चालक समितिको ४९१ बैंठकले निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै केसीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध भई मिति २०७४/०१/१४ देखि २०७५/०९/२० यसै बैंकका अध्यक्षमा रहनु भएको थियो र हाल अध्यक्षमा नवनियुक्त हुनु अघि यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आउनु भएको थियो ।

साथै उहाँ एक सफल युवा व्यवसायीको रुपमा संस्थापित भई हाइड्रो , कन्स्ट्रक्सन , बैंक तथा वित्तिय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आउनु भएको बैंकले जनाएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्